नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : कोरोना बिर्सिएर दर्शकको घुइँचो (तस्बिरहरु)
नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरु भएको छ । नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हाल्दैछन् ।
त्यसैगरी डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजल उप्राकोती, सुमन लामा छन् । प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले अग्रपंक्तिमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन् ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शक देखिएका छन् । एन्फाले बुधबार गरेको पत्रकार सम्मेलनमा ५१ सय जनाले टिकट काटेको बताएको थियो ।





साफ च्याम्पियनसिप ३ अक्टुबरदेखि १३ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ । र, यसपटकको साफ च्याम्पियनसिपमा केवल पाँच टिमले मात्रै सहभागिता जनाउनेछन् । नेपाल र भारतसहित बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंकाले मात्रै प्रतियोगितामा सहभागिता जनाउनेछन् । पाकिस्तान र भूटानले भने यस संस्करणको साफमा सहभागिता जनाउने छैनन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण