एसिड आक्रमणमा बाँचेकी बालाको किड्नी प्रत्यारोपणमा दीपिकाले गरिन् १५ लाख सहयोग
एसिड आक्रमणबाट बाँचेकी बालाको सहयोगका लागि दीपिका अघि सरेकी छिन् । बालाले फिल्म ‘छपाक’ मा दीपिकासँगै काम गरेकी थिइन् ।
युपीको बिजनौर बस्ने बालाको किड्नी प्रत्यारोपण हुँदैछ र यसमा १६ लाख रुपैयाँ खर्च लाग्नेछ । बालाको किड्नी ट्रान्सप्लान्टका लागि १६ लाख जुटाउन ‘छांव फाउन्डेसन’ ले रकम संकलन थालेको थियो । तीन दिन पहिले सुरु भएको यस अभियानबारे थाहा पाउनासाथ दीपिकाले १५ लाख रुपैयाँ सहयोग गरिन् र एक दिनमै अभियानले पूर्णता पायो ।
दीपिकाले पहिले १० लाख रुपैयाँ दिएकी थिइन् र त्यही साँझ फेरि ५ लाख रकम सहयोग गरिन् । बालाको किड्नी ट्रान्सप्लान्टका लागि अहिलेसम्म १६ लाख ५ सय ५८ रुपैयाँ जम्मा भइसकेको छ ।
दिल्लीस्थित सफदरजंग अस्पतालमा बालाको उपचार चलिरहेको छ ।
२०१२ मा भएको थियो एसिड आक्रमण
निर्देशक मेघना गुलजारको फिल्म ‘छपाक’ मा बाला र दीपिका एकसाथ देखिएका थिए । एसिड आक्रमण बारेको घटनामा आधारित यस फिल्मको प्रमोसनमा पनि दीपिका र रणवीर सिंहसँगै बाला गएकी थिइन् । बालामाथि उनका घर मालिकले २०१२ मा एसिड आक्रमण गरेका थिए । बालाका हजुरबामाथि पनि एसिड प्रहार भएको थियो र उनको मृत्यु भयो । यस घटनामा बालाको अनुहारसँगै गला र कपाल पनि जलेको थियो । आक्रमणपछि बालाले १२ पटक शल्यक्रिया गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण