७० वर्षमा शक्ति, भिलेन अभिनयका लागि नाम परिवर्तन
बलिउड अभिनेता शक्ति कपुरको आज जन्मदिन परेको छ । फिल्ममा भिलेन भुमिका निर्वाह गर्न सक्कली नाम परिवर्तन गरेका उनी ७० वर्ष पुगेका छन् । आफ्नो जोस जागर अहिले पनि युवा भैरहेको बताउने उनी भिलेन अभिनयका कारणले चर्चित छन् ।
७०० बढी बलिउड फिल्म अभिनय गरेका उनको जोडी ८० र ९० को दशकमा अभिनेता कादर खानसँग जमेको थियो । २०११ मा उनी रियालटी शो बिग बोसमा पनि देखिएका थिए । दिल्लीको एक पन्जाबी परिवारमा ३ सेप्टेम्बर १९५८मा जन्मिएका उनका सक्कली नाम सुनली सिकन्दरलाल कपुर हो । उनले फिल्ममा भिलेन भूमिका निर्वाह गर्न आफ्नो नाम शक्ति कपुर राखेका थिए ।
अभिनेता सुनिल दत्तले संजय दत्तको फिल्म ‘रकी’ का लागि शक्तिलाई भिलेन अभिनय अफर गरेका थिए । सोही समय शक्तिलाई आफ्नो नाम भिलेन जस्तो लागेन । त्यसैले उनले आफ्नो सक्कली नाम परिवर्तन गरेर शक्ति कपुर राखे । शक्ति कपुरको नामबाट उनको बलिउडमा राम्रो पहिचान बन्यो ।
१९७५ मा फिल्मी करियर सुरु गरेका उनी ८०, ९० दशकमा भिलेन र त्यसपछि कमेडियन भूमिकामा चर्चित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण