नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै
सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्रहरीमा आफू अनुकूलमा मानिसलाई बढुवा गर्नका लागि सरकारले दरबन्दी थप गरेको भन्दै केही वरिष्ठ अधिकृतहरुले आक्रोश व्यक्त गरेका छन् ।
नेपाल प्रहरीमा तल्लो तहका प्रहरी अधिकृत तथा जवानको वृत्ति विकासमा सरकारले अहिलेसम्म ध्यान दिन सकेको देखिँदैन । पहुँचका आधारमा दरबन्दी थप गरेर सरकारले अर्को अलोकप्रिय निर्णय गर्न लागेको भन्दै सुरक्षाकर्मीले चिन्ता व्यक्त गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण