बल्खुको बिजोग, तस्बिरमा हेर्नुहोस्
सोमबार, २१ भदौ २०७८, १० : २१
आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँका १ सयभन्दा बढी स्थान डुबानमा परेका छन् । प्रहरीका अनुसार १३० जना बढीलाई डुबान क्षेत्रबाट उद्धार गरिसकिएको छ । अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् ।
बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि त्यहाँ यतिबेला बिजोग छ । खोला छेउमा बनाइएका टहराहरू डुबानमा परेको छ । सडकमा पार्किङ गरेर राखिएका गाडीहरु डुबेका छन् । मानिसहरुलाई आफ्ना टहराका सामानहरु जोगाउन हम्मे हम्मे परेको छ । हेरौँ तस्बिर :
यो पनि













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

