सेवाग्राहीको फोन ट्यापिङ गरेका छैनौं : नेपाल टेलिकम
नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । आज आफ्नो वर्तमान स्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।
टेलिकमका प्रवक्ता राजेश जोशीले सेवाग्राहीको फोन अहिलेसम्म ट्यापिङ नगरेको बताउँदै आगामी दिनमा पनि नगर्ने बताए । उनले भने, ‘अहिले धेरैको जिज्ञासा फोन ट्यापिङकाे विषयमा छ । तर, हामीले अहिलेसम्म सेवाग्राहीको फोन ट्यापिङ गरेको छैन ।’
उनले नेपालमा फोन ट्यापिङ गर्ने उपकरण नै नभएको स्पष्ट पारे । ‘फोन ट्यापिङ गर्ने उपकरण नेपालमा छैन । अहिलेसम्म आयात नै भएको छैन । महँगो मूल्य पर्ने ट्यापिङ गर्ने उपकरण नेपाल टेलिकम कम्पनीसँग छैन । र, उक्त उपकरण ल्याउन दूरसञ्चार प्राधिकरणको अनुमति चाहिन्छ । टेलिकमले आफूखुसी ल्याउन मिल्दैन ।’
यसैगरी, फोन ट्यापिङ गर्ने विषय क्षेत्राधिकारमा नपर्ने भएकाले कसैले ट्यापिङ गर्न भनेमा र कल रेकर्ड मागे पनि अदालतको आदेश बिना दिन नमिल्ने प्रवक्ता जोशीले बताए । यसअघि, केपी शर्मा ओलीको सरकारले फोन ट्यापिङ गर्ने कानुन सम्बन्धी विधेयक तयार पारेको थियो । उक्त विधेयक राष्ट्रियसभामा पारित गरेर प्रतिनिधिसभामा विचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस् : सांसद भुषाल
-
कोशी विवाद : सर्वोच्चले खोज्यो पाँच प्रश्नको उत्तर
-
जेठ १ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि कांग्रेसबाट अवरोध र नाराबाजी
-
ईपीएस : रोष्टर परिवर्तनका लागि साढे ३ हजारले आवेदन दिँदा ६९१ जना छनौटमा