मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

अब नेपालमै हुण्डाईको भेन्यु कार उत्पादन, प्रधानमन्त्रीद्वारा शुभारम्भ (तस्बिरहरू)

शुक्रबार, २८ वैशाख २०८१, १७ : ४०
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । हुण्डाईको भेन्यु कार नेपालमै उत्पादन हुने भएको छ । कोरियाली सवारी उत्पादक हुण्डाईले लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा नेपालमा नै सवारी एसेम्बल सुरु गरेको हो । 

जसको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार शुभारम्भ गरे । नवलपरासीमा आयोजित ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाइने बताए । 

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

hundai (3)

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए । 

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

hundai (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप