मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि कांग्रेसकाे अवरोध र नाराबाजी

शुक्रबार, २८ वैशाख २०८१, १७ : ४९
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक पनि नेपाली कांग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले दोस्रो बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै कांग्रेस सांसदहरू उठेर नारवाजीसहित बेल घेराउमा उत्रेका थिए । सभामुखले विरोधका बिच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको जनाकारी गराएका थिए ।

तर कांग्रेस सांसदहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने, संसदीय मर्यादा कायम गर्नुपर्ने, समिति गठन गर्नुपर्ने लगायतका नारा लगाइरहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप