हलिउडका चर्चित अभिनेता माइकल के विलियम्सको निधन
मङ्गलबार, २२ भदौ २०७८, १६ : १३
हलिउडका चर्चित अभिनेता माइकल के विलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् ।
५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ ।
‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स अपार्टमेन्टबाट आपतकालीन फोन प्राप्त गर्यो । त्यसपछि पुलिस अभिनेताको घर पुगेको थियो । प्रहरी पुग्दा उनी मृत भेटिए’ न्युर्योक पुलिस विभागका प्रवक्ता लेफ्टिनेन्ट जो गिमोएलले भने ।
प्रहरीले घटनास्थलबाट लागु औषध समेत बरामद गरेको छ । अभिनेता ड्रग्सको ओभरडोजबाट समेत मरेको हुन सक्ने पुलिसको आशंका रहेको छ ।
पुलिसले उनको शव नियन्त्रणमा लिएर पोस्ट मार्टमका लागि पठाएको छ । पुलिसले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण