कंगना रनौतलाई उच्च अदालतको झट्का
बलिउड अभिनेत्री कंगना रनौतलाई बम्बे उच्च अदालतले झट्का थिएको छ ।
बिहिबार उच्च अदालतले अभिनेत्री कंगना रनौतको आफूविरुद्ध गीतकार जावेद अख्तरले दर्ता गरेको याचिकामाथि अदालतको कारवाहीमाथि रोक लगाउन पाउँ भन्ने अपिल अस्वीकार गरेको छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार कंगना रनौतले यसबारे उच्च अदालतसमक्ष अपिल गरेकी थिइन् जसलाई न्यायाधिस रेवती मोहित डेरेले खारेज गरिदिए । अदालतले आफ्नो आदेश सेप्टेम्बर १ सम्म सुरक्षित गरेको थियो ।
जावेद अख्तरले अघिल्लो वर्ष नोभेम्बरमा कंगना विरुद्ध एउटा मुद्दा दर्ता गरेका थिए जसमा कंगनाले टिभी पत्रकार अर्णब गोस्वामीलाई दिएको एक टिभी अन्तरवार्तामा आफूविरुद्ध यस्ता बयान दिएको जसका कारण उनको प्रतिष्ठामा ठेस लागेको बताइएको थियो ।
उनले आफ्नो उजुरीमा भनेका थिए – कंगनाले अघिल्लो वर्ष सुशान्त सिंह राजपूतको कथित आत्महत्यापछि बलिउडमा एउटा ‘मण्डली’ भएको कुरा गर्दै उनको नाम लिएकी थिइन् ।
जावेद अख्तरको ऊजुरीमा अदालतले अघिल्लो वर्ष डिसेम्बरमा जुहू प्रहरीलाई अनुसन्धान गर्न र कंगना रनौतविरुद्ध आपराधिक कारवाही सुरु गर्न निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण