छोराको नाम सार्वजनिक गर्दै ऋचा लेख्छिन्- ‘असल मान्छे बनाउन सकुँ’
अभिनेत्री ऋचा शर्माले छोराको नाम आभ्यान बिक्रम राणा राखेको जानकारी दिएकी छन् । बुधवार पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै छोरोको नाम सार्वजनिक गरेकी हुन् ।
उनले छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउने लोभ आफुमा रहेको समेत खुलाएकी छन् । श्रीमान् र नवजात शिशु सहितको तस्बिर पोष्ट गर्दै उनले लेखेकी छन्– ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।’
आज धेरै कुराहरु लेख्छु भनेर उनले सुरु गरेको स्टाटसमा भनेकी छन्– ‘यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए । तर आज शब्दको अभाव महशुस भइरहेको छ, भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफै केटाकेटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ ।’
‘सोच्दा पनि पृथिवी बोके झै लाग्छ, आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ’ उनले अगाडि थपेकी छन् ‘अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरुको बाढ़ी मनभित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन ।’
जीवनमा आजसम्म के कति कमाए लेखा–जोखा नभएको बताएकी उनले सन्तानको आगमनसँगै आफु जत्तिको धनी मान्छे कोही छैन भन्ने लागेको समेत लेखकी छन् । २०७६ मंसिर २१ गते दिपेक्ष राणासँग प्रेम विवाह गरेकी शर्मा पछिल्लो समय ‘कमेडी च्याम्पियन २’ मा जजको भूमिका निर्वाह गर्दै आएकी थिइन् । सन्तान जन्माउने दिन नजिकिएपछि उनले गत साताा ‘कमेडी च्याम्पियन’ बाट बिदा लिएकी हुन् । कमेडी च्याम्पियनको अब हुने फाइनलमा उनी देखिने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण