१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो
शनिबार, २६ भदौ २०७८, १५ : ०८
क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् ।
तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । ३६ वर्षका रोनाल्डोले २००३ देखि २००९ सम्म पनि म्यानचेस्टरबाट खेलेका थिए । त्यसक्रममा उनले तीनपटक प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डोले आफ्नो करियरको पहिलो बेलोन डि’ अर अवार्ड म्यानचेस्टरमै छँदा जितेका थिए । रोनाल्डोले युनाइटेडमा १ सय ९६ खेलमा ८४ गोल गरे । त्यसपछि उनले ९ वर्ष रियल म्याड्रिड र पछिल्ला तीन वर्ष युभेन्टस्मा बिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण