झुण्डिएको अवस्थामा एक महिलाको शव फेला
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडा की २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ।
उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमीलाको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको हो ।
सोही वडाका वडा अध्यक्ष नारायण रेग्मीले ती महिला २७ गते साँझदेखि हराइरहेको रातोपाटीलाई जानकारी दिए ।
खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
ती महिलाका पाँच महिनाको एउटा छोरा दुधे बालक र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेको रातोपाटीलाई जानकारी दिए ।
दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लिने तयारी भईरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण