९७ वर्षकी बृद्धको अल्का अस्पतालमा हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफलतापूर्वक सम्पन्न
ललितपुर । अल्का अस्पतालमा ९७ वर्षिय बृद्धको हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा सम्पन्न भएको छ ।
ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हार्इ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो।
चिकित्सक अमात्यले मुटु रोगीसमेत रहेकी ९७ वर्षको बृद्धको उच्च सावधानी अपनाएर शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल भएको बताए । उनले यो शल्यक्रिया दुर्लभ भएको पनि बताए । उनले सामान्यतया बृद्ध र मुटु रोगीहरुलाई यस्तो शल्यक्रियाको लागि सुझाव नदिने भएपनि शाहीले शल्यक्रिया सफल हुनु चिकित्सा क्षेत्रकै लागि सफलता भएको बताए ।
केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको र अहिले हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिस्चार्ज भइसकेको पनि अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण