शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको ओहायोमा आगलागीमा परी ५ जना नेपाली भाषीको मृत्यु

मङ्गलबार, २९ भदौ २०७८, ०६ : ३१
मङ्गलबार, २९ भदौ २०७८


अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको छ ।

आक्रन ​अग्नि नियन्त्रण विभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा बिहान १२ :५० मा आगो लागेको हो । विभागका अनुसार आकस्मिक कामदारहरूले उनीहरूका छिमेकी र नातेदारहरूले त्यहाँ पुगे पछि परिवारका सदस्यहरूलाई बाहिर निकाल्ने प्रयास गरेका थिए । 

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरू पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष,११ वर्ष र १६ वर्षका विद्यार्थीको निधन भएको जनाएका छन् ।

विद्यालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरू बस्थे भनी  बताएका छन् । छिमेकी जिन हुड्सनले उनीहरू राम्रा मानिसहरु थिए भनिन  ।  अन्य ४ जनालाई अस्पताल लागिएको अग्नि नियन्त्रण विभागले जनाएको छ  । घाइतेहरुलाई छिमेकीहरुले घटनास्थलमै उपचार गर्ने पनि प्रयास गरेका थिए ।

आगलागीका मुख्य अनुसन्धान प्रमुख ग्यारी गुनथरका अनुसार बालबालिका सहित करिब ६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिलाको निधन भएको बताए । उक्त स्थानमा २०१७ पछिको सबै भन्दा डरलाग्दो आगजनी भएको बताइएको छ ।

उनका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् । सोमबार आगजनी हुँदा छिमेकी र नातेदारहरू त्यहाँ अगाडी भेला भएका मध्ये यम सुब्बा एक थिए । उनले आफ्नो पिताको निधन भएको जानकारी दिएका छन् । र ,उनले के कारणले आगजनी भयो भन्ने बारेमा पत्ता लगाउन कोसिस गरि रहेको समाचार स्थानीय पत्रिका बिकोन जर्नल डटकमले लेखेको छ ।

सुब्बाका अनुसार उनका निधन भएका पिताले आर्कनमा उक्त घर केवल ६ महिना अगाडी मात्र किनेको बताए । उनी पनि त्यहाँ केही वर्ष बसेको र बाबुल सौतिनी आमा र ३ जना सन्तानहरुसँग बस्ने जानकारी दिएका छन् ।

यसै गरि आरोन सुहांगका अनुसार उनका पर्ने काकाका छोराछोरी -दाजुभाइ तथा भतिज उक्त घरमा बस्ने गरेको बताए । उनीहरू त्यहाँबाट अन्य स्थानमा सर्ने भनेर प्रतीक्षा गरि रहेको बताए । उनले कहिले यस्तो हुन्छ भनेर नसोचेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप