इन्टर्नसिपको माग गर्दै चीनमा डाक्टर पढेकाहरु सडकमा, तस्बिरमा हेर्नुहोस्
चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै मङ्गलबार राजधानीमा प्रदर्शन भएको छ ।
एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको उनीहरुको गुनासो छ । राजधानीको माइतीघरमा भेला भएका उनीहरुले विभिन्न नारा अङ्कित प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
चीनबाट एमबीबीएस पढेर आएको लामो समय भइसक्दा पनि केही सुनुवाइ नभएको भन्दै उनीहरुको आक्रोश थियो ।
उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षण गराएका थिए ।
३ नम्बर बुँदामा ‘विदेशमा अध्ययन गरेर नेपालमा नै इन्टर्नसिप गर्नुपर्ने कुनै विशेष वा बाध्यात्मक परिस्थिति भएमा सो परिस्थितिको जानकारी दिँदै विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्वस्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउनेछ । यस प्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियमभित्र रहेर गर्नुपर्नेछ ।’








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण