आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)

आइतबार, २८ असार २०८३, १० : ३६
आइतबार, २८ असार २०८३

सारांश

  • मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ।
  • सयौँ सहभागीहरूले 'चुपचाप तमसूक फाड' र 'अधिकार माग्न काठमाडौँ जान पर्दैन' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्।
  • सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब बढाउन फेरि काठमाडौँ आएको आयोजकहरूको भनाइ छ।

काठमाडौँ । जनकपुरबाट असार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।

न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले 'चुपचाप तमसूक फाड' र 'अधिकार माग्न काठमाडौँ जान पर्दैन' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्। 

miter byag pidit (2)

आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब  बढाउन फेरि काठमाडौँआएका हुन्छ ।उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

miter byag pidit (3)miter byag pidit (4)miter byag pidit (5)miter byag pidit (6)miter byag pidit (7)miter byag pidit (8)miter byag pidit (9)miter byag pidit (10)miter byag pidit (11)miter byag pidit (12)miter byag pidit (13)miter byag pidit (14)miter byag pidit (15)miter byag pidit (16)miter byag pidit (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप