कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली
मङ्गलबार, २९ भदौ २०७८, १४ : २३
कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार राजमार्गको दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत चिसा खोला नजिक पहिरोले सडक अवरुद्ध बनेको हो ।
राजमार्ग खुलाउने प्रयास भईरहेको दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
सडकमा खसेको ठाउँमा हटाउने प्रयास भइरहेपनि माथिल्लो भागबाट पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए ।
सडक डिभिजन कार्यालयका अनुसार सडक अबको केहीबेर पछि खुल्ने गरी काम भईरहेको छ।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि माथिल्लो कर्णाली र अछाम आवत–जावत गर्ने यात्रुहरु अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण