दैलेखमा एक शिक्षकको विभत्स हत्या
दैलेखमा मंगलबार फरक फरक घटनामा २ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।
उक्त, घटनाबारे अनुसन्धान सुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ४२ वर्षका उनको शव विद्यालयको बरन्डामा फेला परेको हो ।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपनि थप विवरण भने दिइएको छैन ।
यसैबीच चामुण्डा बिन्द्रासैनी नगरपालिका –५ माछेढुंगाकी एक महिलाले आत्महत्या गरेकी छन् ।
प्रहरीका अनुसार माछेढुंगाकी ५९ वर्षकी जसू शाहीको घरदेखि करिब साढे १ मिलोमिटर टाढा पर्ने जंगलको काफलको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
पाँच छोरा र तीन छोरीकी आमा समेत रहेकी ती महिला भदौ १७ गते बिहान १० बजेतिर घरबाट निस्केर सम्पर्क बिहिन भएकी थिइन् ।
निरन्तर खोजतलासको क्रममा मंगलबार बिहान मात्र उनको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण