नर्भिकले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिँदै
बुधबार, ३० भदौ २०७८, १३ : २७
काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुका लागि निःशुल्क ओपीडी सेवा दिने भएको छ । अस्पतालले निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार प्रजनन क्यान्सरको विषयमा निःशुल्क सेवा संचालन गर्ने जनाएको छ ।
आउने शनिवार नर्भिक अस्पतालका प्रजनन क्यान्सर रोग विशेषज्ञ डा. एलिजा श्रेष्ठले निःशुल्क ओपीडी सेवा दिने अस्पतालले जनाएको हो ।
डा. श्रेष्ठका अनुसार महिनावारीमा गडबडी भएका, औषधि खाएर समेत पाठेघरसँग सम्बन्धित समस्या समाधान नभएका, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्नुपर्ने जस्ता समस्या भोगिरहेका बिरामीहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्ने अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार निःशुल्क ओपीडी सेवा शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म संचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण