मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सिरहाबाट ३४ लाखको भन्सार छलिका सामान बरामद

मङ्गलबार, २३ असार २०८३, १५ : ०४
मङ्गलबार, २३ असार २०८३

सारांश

  • सिरहामा सशस्त्र प्रहरीले पछिल्लो तीन दिनमा ३४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
  • बरामद गरिएका कस्मेटिक, किराना, पित्तलको भाडा, मदिरा, र इलेक्ट्रोनिक सामानलगायतका सामग्री आवश्यक कारबाहीका लागि सिरहा भन्सार कार्यालय माडरमा बुझाइएको छ।
  • प्रमुख सुमन जग थापाका अनुसार सीमा क्षेत्रबाट भारततर्फ र नेपालतर्फ ओसारपोसार भइरहेका विभिन्न सामानहरू बरामद गरिएको हो।

सिरहा । सशस्त्र प्रहरीले पछिल्लो ३ दिनको अवधिमा ३४ लाख भन्दा बढी मूल्यको कस्मेटिक, किराना, पित्तलको भाडा, मदिरा, इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएको छ। 

यसरी नियन्त्रणमा लिएको सामग्री आवश्यक कारबाहीकाे लागि खैटाेका भन्सार कार्यालय माडरमा बुझाएको छ। सशस्त्र प्रहरी नम्बर ७ हेडक्वाटर सिरहाकाे प्रमुख सुमन जग थापाले जनाएको छ। 

प्रमुख  थापाको अनुसार सोमबार अवेर जिल्लाको सीमाक्षेत्रबाट भन्सार छली भारतबाट  नेपाल र नेपालबाट भारत तर्फ ओसारपोसार गरिरहेको अवस्थामा १४ लाख ३ हजार ३२६ रुपैयाँ मूल्य बराबरको कस्मेटिक सामान, मदिरा, इलेकट्रोनिक सामान, डिजेल लगायतका समाग्री बरामद गरेको छ।

त्यसैगरी यही असार १९ गते भन्सार छलिका ११ लाख १० हजार ४२५ रुपैयाँ र १८ गते  ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी नम्बर ७ हेडक्वाटर सिरहाका प्रमुख सुमन जंग थापाले जानकारी दिए।

नियमित गस्ती र अनुगमनले सीमाक्षेत्रबाट सधैँजसो भन्सार छलीका सामग्री बरामद गर्ने गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप