‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
मङ्गलबार, २३ असार २०८३, १७ : २२
सारांश
- सर्वोच्च अदालतले 'सम्माननीय' र 'माननीय' जस्ता सम्बोधन हटाउन माग गर्दै दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
- अधिवक्ता कुमार थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दिएका थिए ।
- अदालतले सरकारलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत् लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई प्रयोग गरिने ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विशेषण र सम्बोधनहरू हटाउन माग गर्दै दायर रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ता कुमार थपलियाले दिएको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवक्ता थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रिट दिएका थिए ।
अधिवक्ता थपलियाले आफ्नो निवेदनमा नेपालको संविधान र कानुनको स्पष्ट अख्तियारीबिना नै ‘सम्माननीय’ र ‘माननीय’ जस्ता विभेदकारी र वर्ग विभाजनकारी शब्दहरू सरकारी कामकाज, पत्राचार र राजपत्रमा प्रयोग भइरहेको दाबी गरेका थिए ।
अदालतले सरकारलाई १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत् लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण