नेपालमा विदेशी लगानी ल्याउन बेलायतले सहयोग गर्ने
काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।
नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने बताइन् । उनले त्यसका लागि नेपाल भित्र्याउन आफूले पहल गर्ने समेत बताइन् ।
भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीप युक्त जनशक्तिको अभाव रहेको बताउँदै सीप युक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए । उनले सीप विकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे ।
नेपालको कूल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले ‘मेक इन नेपाल – स्वदेशी अभियान’ सुरुवात गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अभियान अघि बढाइएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण