रोक्न खोज्दा खोज्दै उर्लिएको भेरीमा महिला हाम फालेपछि...
बिहीबार, ३१ भदौ २०७८, १६ : २५
बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ ।
दिउँसो झण्डै साढे २ बजेतिरको समय । वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन् ।
नदीको एक किनारमा शव जलाउने ठाउँ छ । त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन् ।
उनले भनिन,‘नदी किनारामा उनका केही कागज र कपडा छन् । प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’
प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण