सुदूरपश्चिम प्रदेशमा दुई मन्त्री नियुक्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थप दुई मन्त्री नियुक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री भट्टले नेकपा एकीकृत समाजवादीका दुईजना सांसदलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री भट्टले एकीकृत समाजवादीका तारा लामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहोरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त दुवै मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् । तारा लामा तामाङ तत्कालीन नेकपा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद चुनिएका हुन् । सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।
प्रदेश सरकारमा एकीकृत समाजवादीबाट आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र दुई जना राज्यमन्त्री यसअघि नै सरकारमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण