डेढ अर्ब लगानीमा एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका सामाग्री उत्पादन गर्दै
आइतबार, ०३ असोज २०७८, १७ : ००
काठमाडौं । प्रविधिको उच्चतम प्रयोगसहित सञ्चालनमा आएको एशियन कंक्रिटोले इट्टा/टायल लगायत ३० प्रकारका निर्माण सामाग्री उत्पादन थालेको छ । डेढ अर्ब लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा स्थापना भएको कंक्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर निर्माणजन्य ३० प्रकारका सामाग्री उत्पादन गर्दै आएको हो ।
उद्योगका उपाध्यक्ष श्यामलाल झाले जर्मन प्रविधिको मासा कम्पनीको उपकरण प्रयोग गरेर दैनिक १ हजार ५०० जनाले गर्ने काम मेसिनबाट गर्दै आएको बताइएको छ । झाले बालुवा, गिट्टी, सिमेन्ट, पानी र रड उद्योगको कच्चा पदार्थ भएको बताए ।
यसबाट उच्च गुणस्तरसहितको कंक्रिटो उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । उद्योगको दैनिक उत्पादन क्षमता ६०० मेट्रिक टन छ । उद्योगबाट उत्पादित निर्माण सामाग्रीको आयु ५० वर्षसम्म भएको कम्पनीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण