आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै राजधानीमा प्रदर्शन (तस्बिरहरु)
आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो । अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणि बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण