आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आइतबार, २८ असार २०८३, ०६ : २०
आइतबार, २८ असार २०८३

सारांश

  • आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल असार २८ गते आइतबार, इस्वी सन् २०२६ जुलाई १२ तारिख हो ।
  • त्रयोदशी तिथि बेलुकी ८:४८ बजेसम्म रहनेछ, त्यसपछि चतुर्दशी तिथि सुरु हुनेछ ।
  • मेष, वृष, कर्कट, सिंह, कन्या, वृश्चिक, धनु, मकर र मीन राशिका लागि दिन शुभ रहनेछ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असार २८ गते । आइतबार । इस्वी सन् २०२६ जुलाई १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–त्रयोदशी, बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–रोहिणी, बिहान ६ बजेर ५७ मिनेट उप्रान्त मृगशिरा । योग–वृद्धि, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त ध्रुव । करण–गर, बिहान १० बजेर ३ मिनेट उप्रान्त वणिज, बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–वृष, बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर ० मिनेट । दिनमान ३४ घडी १८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ० मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर १ मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २७ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ५३ मिनेटदेखि दिउँसो ३ बजेर ३५ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ७ बजेर ० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४१ मिनेटदेखि बिहान ४ बजेर २९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार वा उद्योगमा लगानी बढाई तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चहानेहरुका लागी समय उत्तम रहेको छ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बस्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ  । लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरू भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमानस्यता बढ्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्ति लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तसँग रमाइलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसाय फस्टाएर जानेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आश्यकताहरु पुरा गर्न सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा उद्योगबाट नाफा कमाउन सकिनेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ भने वंश वृद्धिको योग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ । विवादित विषयहरू तपाई आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप