‘अग्निपथ’ मा काम गरेका रेशम आर्थिक समस्यामा
कुनै जमानाको चर्चित फिल्म ‘अग्निपथ’ मा काम गरेका अभिनेता रेशम अरोडा अहिले आर्थिक समस्याबाट गुज्रिरहेका छन् । ७१ वर्षका यी कलाकारले अहिले कुनै काम पाइरहेका छैनन्, काम खोज्नका लागि आफू दैनिक रूपमा धाइरहेको पनि उनले बताएका छन् । यी कलाकारले एक अन्तर्वार्तामा आफ्नो आर्थिक अवस्थाबारे बोलेका हुन् । अरोडाका अनुसार गत वर्ष कोरोनाका कारण लकडाउन भएयता नै उनले कुनै काम पाइरहेका छैनन् ।
तर, आर्थिक समस्या विकराल भएकाले उनलाई कामको तत्कालै खाँचो छ । ‘केही वर्ष पहिले रेलबाट झरेँ र त्यसको केहीपछि अश्विनी धीरको शोको सेटमा एउटा अचम्मको किराले मलाई टोक्यो । यस कारण, केही समय म हिँडडुल गर्न नसक्ने भएँ । जब मेरी श्रीमतीको आँखा कमजोर हुन थाल्यो, तब मेरो कठिन समय सुरु भयो, मलाई कामको निकै आवश्यकता छ,’ अरोडाले भने ।
फिल्म अग्निपथमा उनले ती डाक्टरको भूमिका निर्वाह गरेका छन्, जसले मिथुन चक्रावर्तीको उपचार गर्छन् । त्यसैगरी फिल्म खुदा गवाहमा यी कलाकारले जेलरको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण