वडा अध्यक्ष नभेटेपछि पेट्रोल छर्केर कार्यालयमा आगजनी
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे ।
फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे । उनले फेरि वडाअध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम ? भनेर धम्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए ।
‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अचम्मित छु ।’ उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् । आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई काट्नुछ भन्दै खुँडा बोकेर हिँडेका थिए ।
अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण