नाडाको निर्वाचन मंसिर २२ देखि २३ गते हुने
अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन आगामी मंसिर २२ गतेदेखि २३ गते हुने भएको छ । एसोसिएसनको ४५ औं साधारणसभा र नयाँ नेतृत्वको लागि मंसिर २२ देखि २३ गतेलाई तोकिएको अध्यक्ष कृष्णप्रसाद दुलालले रातोपाटीलाई जानकारी दिए । यद्यपि, उक्त निर्णय भोलि (शुक्रबार) बस्ने नाडाको केन्द्रीय समितिले पारित गर्नेछ । आसन्न निर्वाचन नाडाको २१ औं निर्वाचन हो ।
यसअघि भदौ २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण रोकिन पुगेको थियो । गत साउन २६ गते बसेको नाडाको १४ औं केन्द्रीय कार्यसमिति बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौंको नीतिलाई देखाउँदै तत्कालका लागि निर्वाचन रोक्ने निर्णय गरेको थियो । तर, अहिले कोभिडको प्रभाव क्रमशः कम हुँदै गएको र दसैं तिहारपछि निर्वाचन गर्न उचित हुने देखिएकाले नाडाले निर्वाचनको नयाँ मिति तोक्न लागेको अध्यक्ष दुलालले जानकारी दिए ।
हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल रहेका छन् भने यस अघिनै उनको दुई वर्षे कार्यकाल सकिसकेको छ । भावी नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुव थापाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण