माधव नेपालदेखि रवीन्द्र मिश्रसम्मले यसरी गराए उम्मेदवारी दर्ता (हेर्नुहोस् २३ तस्विर)
काठमाडौं– आगामी मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि विभिन्न दलका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभागृहमा पुगेर एमाले नेता माधव नेपाल, साझा पार्टीका रवीन्द्र मिश्र, माओवादी केन्द्रका अनिल शर्मालगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
अरु उम्मेदवारपनि मनोनयन दर्ता गराउनको लागि आउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरु तामझामका साथ मनोनयन दर्ता स्थलतर्फ पुगेका छन् ।
दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ ।
उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् ।
उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता कसरी गर्ने, केकस्ता कागजात समावेश गर्नुपर्छ भनेर सोधखोज गरिरहनुभएकोे पाइएको छ । कतिपय उम्मेदवार जुलुससहित उम्मेदवार मनोनयनपत्र दर्ता गराउन जानेक्रममा रहेको बुझिएको छ ।
राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताका झलकहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण