पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको छ : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले नेकपा एमालेमा तत्कालीन नेता माधवकुमार नेपालले लामो समय एउटा गुटको नेतृत्व गरेको आरोप लगाए ।
माधवकुमार नेपाल नेतृत्वमा केहीले एमाले छाडेर गए पनि पार्टीभित्र गुटबन्दीको असर कायम रहेको उनको भनाइ थियो । उनले अब पार्टीभित्र विधि, पद्धतिअनुसार जिम्मेवारी दिने र पार्टी कमिटीहरु छरितो बनाउने बताए । आगामी महाधिवेशनपछि पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा कडाइका साथ लागू हुने पोखरेलले बताए । अहिले पार्टी कुनै स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो रहेको भन्दै अब त्यसलाई सच्याएर अघि बढ्ने प्रस्ट पारे ।
विगतमा राम्रो उद्देश्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपनि कतिपय कुरामा ध्यान दिन नसक्दा एकता टिक्न नसकेको उनले बताए । पार्टीले पटक–पटक फुट र जुटको अनुभव सँगालिसकेको भन्दै अब पुराना गल्तीबाट सिकेर अघि बढ्ने र त्यस्ता गल्ती नदोहोरिने उनले प्रस्ट पारे ।
राष्ट्रिय राजनीति अहिले दुई ध्रुवमा विभाजित रहेको भन्दै उनले एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व तमाम राजनीतिक शक्तिको गठबन्धन रहेको बताए । यो अवस्थामा देश र जनताको हितमा एमालेले नेतृत्वको गठबन्धन नै छ भन्ने कुरा आम जनतालाई बुझाउन जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण