६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय
नेपाली काँग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए । तर पदाधिकारी बैठक ६४ जिल्ला मात्र भए पनि भोलि नै पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।
चाडै केन्द्रीय समितिले महाधिवेशनको आवश्यकता अनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उनले बताए । काँग्रेसले पार्टीका कार्यकर्तालाई उत्साहका साथ सहभागी हुने आग्रह गरेको छ । १३ जिल्लाका क्रियाशील सदस्यको चाडै सार्वजनिक हुने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण