कालिकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय शिलान्यास
शुक्रबार, ०८ असोज २०७८, १९ : ३८
नेकपा एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालयको शिलान्यास गरेको छ। शुक्रबार एक कार्यक्रमका बीच पार्टी कार्यालयको शिलान्यास गरिएको हो ।
नेकपा एमाले विभाजन भएयता एकीकृत समाजवादीको यो पहिलो पार्टी कार्यालय पनि हो ।
करिब ७० लाख लागतमा ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी (पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति भवन) शिलान्यास गरिएको एकीकृत समाजवादी कालिकोटका पार्टी सचिव चित्रसिंह गाउँलेले जानकारी दिए ।
उनले भने ,‘ सायद यो हाम्रो भौतिक संरचनाको काम नेपालमै पहिलो होला ।’
कालिकोटमा एकीकृत समाजवादीको नेतृत्व तहमा कर्णालीका कृषि मन्त्री समेत रहेका कुर्मराज शाही लगायतले गरिररहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण