नाडाको निर्वाचन मंसिर २२ र २३ गतेलाई तोकियो
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को ४५ औं साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति घोषण भएको छ । शुक्रबार सोल्टी मोडस्थित होटल सोल्टी क्राउन प्लाजामा अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको एसोसिएसनको केन्द्रीय कार्यसमितिले मंसिर २२ र २३ गतेका लागि साधारणसभा र निर्वाचनको मिति तोकेको हो।
साधारणसभा र निर्वाचन सोही होटलमा नै सम्पन्न हुने नाडाले जनाएको छ । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा हुने एसोसिएसनको निर्वाचनबाट अध्यक्षसहित संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । यस्तै, नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ ।
यसअघि भाद्र २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित हुन पुगेको थियो । हाल अवस्था सुधारोन्मुख रहेको अवस्थामा व्यवहारिक दसैं तिहार तथा छठ पर्वपछि साधारणसभा र निर्वाचन गर्न उपयुक्त देखिएकाले सोही बमोजिम मिति तय गरिएको अध्यक्ष दुलालले जानकारी दिए ।
नाडाको आसन्न २४ औं निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण