दसैँका लागि रुट इजाजत खुला
सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराएका हुन्। उनले भने, “नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौँ बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।” यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।
बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताए । त्यसैगरी, उनले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराए । चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
-
बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल
-
२ महिनाको रस्साकस्सीपछि चिया निर्यात निर्वाध
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण