छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
बुटवलमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर बुटवलको फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पाको रुम्बा गाउँपालिका–१ का २१ वर्षीय अशोक घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टोयोटा अटो वास प्रा.लि.को पुरानो बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट गम्भीर घाइते घर्तीको उपचारको क्रममा रुपन्देहीको तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान शुरु भएको प्रहरीले बताएको छ ।
यता, रुपन्देही रोहिणी गाउँपालिका पनि एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । रोहिणी गाउँपालिका– ५ बुची घर भएका ३२ बर्षका अमित कुमार उपाध्यायको मृत्यु भएको छ । प्रहरीले उनको स्थानीय सर्वाजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण