राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा
बिहीबार, १४ असोज २०७८, १० : ४७
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा दिएका हुन् ।
जसपा नेपालबाट हालै विभाजित भएर गठन भएको लोसपामा सामेल भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको रातोपाटीलाई बताए । राजपा नेपालमा आवद्ध रहेर पार्टी एकीकरणपछि जसपा नेपालमा सामेल भएका उनी राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा नेपाल विभाजनपछि लोसपा नेपालमा आवद्ध भएका थिए ।
उनले नयाँ दल खोल्ने आफ्नो योजना नरहेको प्रस्ट पारे । अहिले क्रियाशील रहेकै दलमध्ये कुनै दलमा आफू आवद्ध हुने र आजैबाट यसबारे छलफल थाल्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण