आज कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ पाइन्छ ?
आज आइतबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ । गत शुक्रबारको तुलनामा आज यो मुद्राको सटहीदर केही घटेको हो । नेपाल राष्ट्र बैंकले आज बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा तोकेको छ ।
सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ २१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा, हङकङ डलर एकको खरिददर १५ रुपैयाँ १९ पैसा र बिक्रीदर १५ रुपैयाँ २७ पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, चिनियाँ मुद्रा युआनको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य मुलुकका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा, कुबेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले बहराइन दिनार एकको खरिददर ३१३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ३६ पैसा तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण