बेपीकोलोम्बो मिसन : यानले पठायो बुध ग्रहको पहिलो तस्बिर

युरोप र जापानले संयुक्तरुपमा पठाएको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रहको पहिलो तस्बिर पठाएको छ । युरोपियन स्पेस एजेन्सी (ईएसए)का अनुसार बेपीकोलोम्बो मिसनले शुक्रबार ११ः३४ ग्रिनविच मिनटाइमअनुसार ग्रहमाथि गरिने ६ उडानमध्ये पहिलो उडान लिएको थियो । यानले ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर गतिलाई नियन्त्रण गरेको थियो ।
बुधको सतहभन्दा २ सय किलोमिटर उचाइमा पुगेपछि यानमा जडान गरिएका क्यामराहरू मध्ये एकबाट यानले श्यामश्वेत तस्बिर लिएको थियो । स्पेस एजेन्सीले सो तस्बिरमा बुधको उत्तरी गोलार्द्ध देख्न सकिन्छ जसमा १०३ किलोमिटर लामो चौडाइ भएको लर्मोन्टोभ क्रेटर पनि प्रस्ट देख्न सकिन्छ । पहिलो उडान सफल भएको उक्त यानको अपरेन्स म्यानेजर एल्सा मोन्टाग्नोनले जानकारी दिइन् ।
ईएसए र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीको यो संयुक्त मिसन सन् २०१८ मा सुरु गरिएको थियो । बुध ग्रह पुग्नअघि यानले पृथ्वीमाथि एक र शुक्रमाथि दुई उडान गरेको थियो । यस मिसनको उद्देश्य बुध ग्रहका विभिन्न पक्षको बारेमा अध्ययन गर्नु रहेको छ जसमा यसको सतह, चुम्बकीय क्षेत्र आदि पर्दछन् । मिसनले सन् २०२५ को अन्त्यसम्ममा दुईवटा प्रोब बुध ग्रहको कक्षमा पठाउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी गरौँ निपाह भाइरसको उपचार र रोकथाम
-
बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन बिदा पाउने
-
बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय फेरि किन आन्दोलित ?
-
मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु
-
राजतन्त्रको पक्षमा माहोल बनाउन पूर्वराजाको सुझाव, अब के गर्छ राप्रपा ?
-
लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै