राजधानीमै भयो प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास
काठमाडौं– राजधानीको नागढुंगास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । चोभार स्थायी घर भएका कुमार कार्र्कीले आत्महत्या प्रयास गरेका हुन् ।
२९ बर्षीइ कार्कीले शनिवार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले रातोपाटीलाई जानकारी दिए ।
शनिवार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्किले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछी शौचालय छिरेको बताईएको छ ।
लामो समय शौचालयबाट ननिस्केपपछि प्रहरीले चुकुल फोडेर हेर्दा कार्की लडिरहेको र घाँटीबाट रगत बगेको देखेपछि प्रहरीले नै उनलाई अस्पताल लगेका थिए ।
हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको एसपी ककार्कीले रातोपाटीलाई बताए ।
प्रहरी स्रोतका अनुसार कार्कि मानसिक रुपमा अस्वस्थ छन् ।
प्रेम–वियोगका कारण उनले आत्महत्या प्रयास गरेको हुनसक्ने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण