ऋतिकले आर्यनलाई समर्थन गर्दा कंगनाको तिखो जवाफ
ड्रग्स केसमा फसेका फिल्म अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई मुम्बईको किला अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । अक्टोबर ४ देखि आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । यसैबीच सोसल मिडियामा आर्यन खानको समर्थन र विरोधमा पोस्ट गरिँदैछन् ।
फिल्म अभिनेता ऋतिक रोशनले आर्यन खानको हौसला बढाउनका लागि इन्स्टाग्राममा एउटा पोस्ट गर्दा त्यसको केही बेरपछि नै कंगना रनौतले पनि यसमाथि प्रश्न उठाउँदै एउटा पोस्ट गरिन् ।कंगनाले इन्स्टाग्राममा स्टोरी राख्दै लेखिन्, ‘अब सबै माफिया पप्पू आर्यन खानलाई बचाउन आइरहेका छन् ।’
उनले थप लेखेकी छिन्, ‘हामी गल्ती गर्छौं तर हामीले त्यसको महिमामण्डन गर्नु हुँदैन । मलाई लाग्छ कि यसले आर्यनलाई दृष्टिकोण दिनेछ र उनले आफूले गरेको कामको परिणामबारे सोच्न सक्नेछन् । आशा गर्छु कि उनले योबाट शिक्षा लिनेछन् र एक उत्कृष्ट व्यक्ति बन्नेछन् ।’

कंगना थप्छिन्, ‘जब कोही कमजोर स्थितिमा हुन्छन् तब उनीहरुबारे चर्चा नगर्नु नै राम्रो हो तर जब तपाईं उनीहरुलाई केही गलत नै गर्नुभएको छैन भन्नुहुन्छ भने यो आपराधिक हो ।’
सोसल मिडियामा आर्यन खानको रिहाइका लागि पनि ट्रेन्ड चलाइँदै छ । धेरै मानिस यस्ता पनि छन् जसले आर्यन खान ठूला स्टारको छोरा भएको भन्दैमा यसको अर्थ उनी कानूभन्दा माथि नभएको तर्क दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
