दक्षिण कोरियामा यौन दुर्व्यवहारपछि महिला सैन्य अधिकारीद्वारा आत्महत्या, १५ जना आरोपित
दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले आत्महत्या गरेपछि १५ जनामाथि मुद्दा चलाइएको छ । यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हंगामा मच्चिएको थियो ।
गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सैन्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप थियो । उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बाध्य पारिएको खुलासा भएको थियो । उनले मेमा आत्महत्या गरेकी थिइन् ।
राष्ट्रपति मुन जेले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृत्युमा ‘गहिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सार्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल कानुनी कारबाही चलिरहेको छ ।
अर्को घटनामा एक तेस्रो लिंगी सैनिकमाथि गैरकानुनी रुपमा भेदभाव गरेको कारण जबरजस्ती सेवा छाड्न बाध्य बनाएको एक अदालतले फैसलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाको पहिलो तेस्रो लिंगी सैनिकको मृत्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन । तर, उनले आत्महत्या गरेको समाचारहरु प्रकाशित भएका थिए ।
दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ । सेनामा यौन दुर्व्यवहारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष कानुन पारित गर्दै ती मुद्दाको सुनुवाई नागरिक अदालतमा गर्नुपर्ने बनाएको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण