आवश्यक कामलाई प्राथमिकता दिएर अघि बढ्छु : नवनियुक्त मन्त्री यादव
शुक्रबार, २२ असोज २०७८, २० : ४१
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् । शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्ट्याएर काम गर्ने बताएकी हुन् ।
उनले भनिन्– ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो काम भएको छ, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के–के छन् भनेर आधारमा काम सुरु हुन्छ ।’ उनले भनिन् : ‘म यो देशका लागि सर्वप्रथम आवश्यक चीज के–के हुन् प्राथमिकताको रुपमा छुट्टयाउँछ र त्यो अनुसारले काम अगाडि बढाउँछु ।’
मन्त्री यादवले देश कोरोनाका कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पुरा गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर
-
लाल सागरमा तेल ट्याङ्करमा मिसाइल आक्रमण
-
पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न
-
ललितपुर मेयर कप : लगातार चौथो पटक एपीएफ च्याम्पियन
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल