गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छ : अध्यक्ष मल्ल
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर लाभ लिन सकिने बताए । उनले गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । मल्लले भने, ‘आकर्षक भौगोलिक बनावट रहेकाले गाँउ-गाँउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ ।’
गण्डकीको पर्यटकीय गन्तव्यलाई प्रबर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाई छ । पर्यटन प्रवर्द्धनमा हाम्रा विद्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनुपर्ने मल्लको भनाई छ ।
पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतीय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजमलाई जोड दिन गण्डकीका व्यवसायीलाई मल्लले आग्रह गरे ।
यहि असार २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन कार्यसमितिको शपथग्रहणपछि पदस्थापन भएको थियो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्री बहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण