शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा पर्यटक आकर्षण गर्ने प्रचुर सम्भावना छ : अध्यक्ष मल्ल

शनिबार, २३ असोज २०७८, १० : ४६
शनिबार, २३ असोज २०७८

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गण्डकी प्रदेशका सबै जिल्ला पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले नेपालको पर्यटन हवका रुपमा रहेको गण्डकीमा पर्यटन प्रबद्र्धन गरेर लाभ लिन सकिने बताए । उनले गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारण सभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । मल्लले भने, ‘आकर्षक भौगोलिक बनावट रहेकाले गाँउ-गाँउमा होमस्टेको उचित प्रबन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ ।’

गण्डकीको पर्यटकीय गन्तव्यलाई प्रबर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाई छ । पर्यटन प्रवर्द्धनमा हाम्रा विद्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनुपर्ने मल्लको भनाई छ ।

पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतीय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजमलाई जोड दिन गण्डकीका व्यवसायीलाई मल्लले आग्रह गरे ।

यहि असार २६ गते सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट चयन कार्यसमितिको शपथग्रहणपछि पदस्थापन भएको थियो । जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्री बहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप