जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो ...
बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका छन् । भने, भारतीय सञ्चार माध्यमले आर्यनसँग जोडिएका प्रसंगहरुलाई समाचार बनाएका छन् ।
यसैबीच, आर्यन र उनका भाइ अबरामको विषयमा एक प्रसंग जोड्दैछौँ । आर्यन र अबरामबीच १५ वर्षको उमेर अन्तर रहेको छ । आर्यनको जन्म सन् १९९७ मा भएको थियो भने सुहानाको जन्म २००० मा भएको थियो । त्यसपछि १३ वर्षपछि मात्रै शाहरुखले अर्को सन्तान बनाएका थिए । १५ वर्षको अन्तरका कारण आर्यनलाई अबरामका पिता भनेर चर्चा गरियो । सन् १०१७ मा टेडएक्स टकमा शाहरुखले भनेका थिए, ‘चार वर्ष पहिले मेरी पत्नी गौरी र मैले तेस्रो बच्चा बनाउने निर्णय लिएका थियौँ । त्यो समय मानिसहरु मेरो सानो छोरा आर्यनको बच्चा भएको दाबी गरिरहेका थिए । जबकी त्यतिबेला आर्यन जम्मा १५ वर्षको थियो । आर्यनको युरोपमा भएको फेक भिडियो देखाएर अबराम आर्यनको छोरा भएको दाबी गरिरहेका थिए ।’
शाहरुखले उक्त अफवाहका कारण आर्यन निकै चिन्तित भएको बताएका थिए । आर्यन उक्त समाचारले निकै बिचलित भएका थिए । उनी सबैलाई युरोपको ड्राइभिङ लाइसेन्स नभएको स्पष्टिकरण दिँदै हिँड्थे । शाहरुख र गौरीको तेस्रो बच्चा अबराम सरोगेसीमार्फत २०१३ मा जन्मिएका थिए । उनी प्रिम्याच्युर जन्मिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण