पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, २४ असोज २०७८, ११ : ३९
पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो । ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
ठक्करबाट घाइते भएका रोकाको उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण