कोरिया जानेलाई थप डलर
मङ्गलबार, २६ असोज २०७८, ०७ : २१
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको छ। नेपाल राष्ट्र बैङ्कले सोमबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका निकायलाई कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि थप एक हजार पाँच सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।
वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत दुई सय अमेरिकी डलर मात्र उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियामा जाने प्रतिबद्ध कामदारले कोभिड–१९ का कारण क्वारेन्टाइमा बस्नुपर्ने भएकाले सो खर्चका लागि थप सुविधा उपलब्ध गराउन निर्देशन दिएको खबर गोरखापत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण