यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे
काठमाडौं -टिकट नपाएको भनेर पार्टीहरुवीच अहिले बबाल मच्चिएको छ । तर, एक जना यस्तो उम्मेदवार भेटिएका छन, जो दुई वटा पार्टीबाट समानुपातिक सभासद्को सूचिमा छिन् ।
ती हुन गंगा चौधरी सत्गौवा। उनी एमाले र नयाँ शक्तिको समानुपातिक सूचिमा छिन् ।
शुरुमा उनी चौधरीलाई नयाँ शक्तिले सिफारिस गरेको थियो । पछि उनी एमालेबाट पनि सिफारिसमा परेकी छिन् ।
निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको सूचिमा चौधरीको नाम एमाले र नयाँ शक्ति दुवैको सूचिमा परेको छ ।
थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकबाट गंगा चौधरी सत्गौवा गत फागुन २ गते नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । त्यसबेला उनी संसद समेत थिइन् । संसदमा उनले नयाँ शक्तिको प्रतिनीधित्व गरेकी थिइन् ।
निर्वाचन आयोगका प्रवत्ता नवराज ढकालले कुनै उम्मेद्वार दुई वटा पार्टीबाट सिफारिस भएको पाइए दुवैतिर स्वत रद्द हुने जनाए ।
रातोपाटीसँगको कुराकानीमा शुक्रवार कोमल वलीले आफुलाई टिकट नदिएर एमालले धोका दिएको बताएकी थिइन् । संयोग कस्तो भने गंगा र कोमल दुवै दाङका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण